Monday, October 25

राज कुन्द्रा घटनामा नयाँ रहस्य खुल्दै, साढे ६ करोड रुपैया भएको खाता सिल

July 28, 2021 134

एजेन्सी । पो र्नो ग्राफी घटनामा संलग्न बॉलिवुड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको बारेमा हरेक दिन नयाँ कुराको खुलासा भएको छ । राज कुन्द्राको विशेष वाट्सएप समूहसँग सम्बन्धित व्यक्ति अरविन्द श्रीवास्तवको बारेमा नयाँ कुरा खुलासा भएको छ । उनको बैंक खाता सरकारले सिज गरिदिएको छ ।

खातामा साढे ६ करोड रुपैया रहेको प्रहरीले जनाएको छ । समाचार एजेन्सी एएनआईका अनुसार, मुम्बई पुलिसको अ प रा ध शाखाले आरोपित अरविन्द श्रीवास्तव उर्फ ​​यश ठाकुरको बैंक खाता रोक्का गरिदिएको हो । प्रहरीले स्टेट बैंक अफ इण्डिया कानपुरमा अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको दुई स्टेट बैंक खाताहरू जफत गर्न निर्देशन दिएको थियो। एसबीआईका अधिकारीहरूले भनेका थिए कि यी दुई बैंक खातामा करोडौं रूपैयाँ जम्मा भएको थियो।

राज कुन्द्राले फेब्रुअरी २०१९ मा आर्म्स प्राइम मिडिया लिमिटेड नामको कम्पनी गठन गरेका थिए । यस समयमा हाँट्साँट्स नामको एप बनाए । अरविन्दले यो एप बनाउन सहयोग गरेका थिए । कुन्द्राको कम्पनी फ्लिज चलचित्रको कमाईको हिस्सा सीधा शहरको श्यामनगर निवासी अरविन्द कुमार श्रीवास्तवकी पत्नी हर्षिता श्रीवास्तवको खातामा आउँथ्यो।

अरविन्द राज कुन्द्राको एक हरस्यमयी कर्मचारी हुन् । यसकारण रहस्यमयी छन् की उनले मात्र २० महिनामा हर्षिताको बैंक खाता लखपतिबाट करोडपतिमा रुपान्तरण गरिदिएका छन् । जनवरी १०, २००८ मा, यो हर्षिता र तिनकी आमाको नाममा संयुक्त खाता भयो। त्यसबेला उसको खातामा २० हजार रुपैयाँ मात्र थियो। मे २०१९ फेब्रुअरी वाट २०२१ को बीचमा दुई करोड रूपैयाँभन्दा बढी उनको खातामा पुगेको छ ।

२०२१ मा जनवरी र फेब्रुअरीमा अरविन्दले आठ पटक पत्नीको खातामा ९५ लाख जम्मा गरे। मुम्बई क्रा इ म ब्रान्चका अनुसार अरविन्द श्रीवास्तव मार्फत साढे ६ करोड रुपैयाको संदिग्ध लेनदेन भएको छ। यसमध्ये करिब तीन करोड रुपैया परिवारका सदस्यहरूलाई पठाइएको छ। श्रीमती र बुबाको खातामा पठाइएको रकमको लिंक भेटिएको छ, तर अन्य खातामा पठाइएको रकम अनुसन्धान भइरहेको छ।

प्रतिकृया दिनुहोस्