Sunday, September 19

यी’नै हुन ट्रक’ले मोटरसाईकल’लाइ ठ’क्क’र दिँदा ज्या’न गु’मा’उ’ने सुन्दर दम्पती

July 28, 2021 68

झापा / दमकमा ट्रकले मोटरसाईकललाइ ठ’क्क’र दिँ’दा बिष्ट दम्पती’को मृ’त्यु भए’काे छ । मंगलबार विहानै भेडेटार घुम्न गएका विष्ट दम्पती सुरुङ्गास्थित घर फर्कने क्रममा राति १० बजे दुर्घटना हुँदा पुर्णबहादुर बिष्ट (राज) र उनकी श्रीमती भिमा कार्की विष्टको’को मृ’त्यु भ’ए’काे हाे ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बिष्ट दम्पति सवार प्र.२—०३—०१३—प.४७८७ नम्बरको निलो रङ्गको अपाची मोटरसाईकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.४ ख.८७३० नम्बरको ट्र’क’ले ठ’क्क’र दिँ’दा उनीहरु’को मृ’त्यु भए’को ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ठ’क्क’र दि’ने ट्रक र मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा रहेको बताइएको छ । बिष्ट सुरुङ्गास्थित होटल हेवनका संचालक रहेका थिए ।

यो पनि पढ्नुहोस् , बैतडीको शिवनाथ गाउँपालिका–६ कानलीका करन राना र उनकी श्रीमती राजु राना दुवै जना शिक्षक हुन् । करन हिरापुर माविमा निमावि राहत कोटाअन्तर्गत र राजु कृष्ण निमाविमा बालविकास कोटामा कार्यरत थिए । दुवै जना शिक्षण पेसामा कार्यरत रहेकाले पनि उनीहरूको आर्थिक अवस्था राम्रै थियो । राम्रैसँग जीविकोपार्जन गर्दै आएका थिए ।

तर, उनीहरूको जीवनमा ६ वर्षअघि एउटा यस्तो घटना भयो कि जुन घटनाका कारण उनीहरू गाउँ र समाजबाटै विस्थापित बन्न पुगे । समाजले उनीहरूमाथि जुन आरोप लगाएको थियो । त्यसमा कुनै पनि सत्यता नभएको उनीहरूको दाबी छ । तर, समाजले उनीहरूको प्रस्टीकरण सुन्न चाहेन ।

फलतः निर्दाेष भएको प्रमाण पेस गरिरहँदा पनि समाजले उनीहरूको कुरा सुन्न चाहेन । त्यसपछि राना दम्पत्तीलाई झुटा मुद्दा लगाइयो, जागिरबाट निकालियो । त्यतिले मात्रै नभएर गाउँबाटै निकाला गरियो र अन्तमा घरसमेत ज’लाइ’यो । सोच्दै नसोचेको आपत्ति आइलागेपछि एउटा लयमा चलिरहेको उनीहरूको जीवन नै बिथोलियो ।

२०७२ सालको चैत महिना । यही साल र महिनादेखि उनीहरूको जीवनको लय बिग्रिएको हो । स्थानीय गोकर्ण चन्दकी छोरी पूजा र एक जना दलित युवकले २०७२ माघमा प्रेम विवाह गरेका थिए । प्रेम विवाहपछि उनीहरू चार महिनासँगै पनि बसे । तर, पूजाको दलित युवकसँग विवाह हुनुमा करणकी श्रीमती राजुलाई दोष लगाइयो । स्थानीयको यो दोष उनीहरूले स्वीकार गरेनन् । वि’वाद बढ्दै गयो । त्यसपछि चैतमा पूजाका बाबुसहित गएर पूजालाई फिर्ता ल्याए । केटाकेटी दुवैलाई जिल्ला प्रहरी कार्यालय बैतडीमा उपस्थित गराइयो । प्रहरी कार्यालयमै केटीका बाबु, स्थानीयवासी र करन रानाकै अगाडि उनीहरूले आफूले स्वेच्छाले प्रेम विवाह गरेको बताए । एकअर्काबिना बाँच्नै नसक्नेसम्मको कुरा सुनाए ।

प्रतिकृया दिनुहोस्