Tuesday, October 26

भारतमा करेन्ट लागेर बैतडीका एक युवकको मृत्यु

July 28, 2021 100

बैतडी । भारतमा करेन्ट लागेर बैतडीका एक युवकको मृत्यु भएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका बैतडी पञ्चेश्वर गाउँपालिका वडा नम्बर १ का चक्र घटालको करेन्ट लागेर मृत्यु भएको हो। भारतको एक होटलमा कार्यरत उनको मंगलबार करेन्ट लागेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । फ्रिजबाट सामान निकाल्ने क्रममा घटालको करेन्ट लागेर मृत्यु भएको बताइएको छ ।

यो पनि, सिँचाइ बाँध निर्माण
कैलालीको धनगढी उपमहानगरपालिका–६ मा जाइ जाली सिँचाइ बाँध निर्माण भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको रु नौ करोड ४५ लाखको लागतमा सो बाँधको निर्माण सम्पन्न भई सञ्चालनमा आएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कैलालीका प्रमुख डम्बरप्रसाद धितालले बताउनुभयो । बाँध निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि ३७६ हेक्टर क्षेत्रफलमा सिँचाइ हुने र ३८० परिवारका दुई हजार ५०० भन्दा बढी प्रत्यक्ष लाभान्वित हुने धितालले जानकारी दिनुभयो ।

सो बाँध केएस रोयल जेभीले तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेको हो । स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान र गहुँ धेरै फल्ने बताउँदै तरकारी पनि वर्षमा दुई÷तीनपटक लगाएर स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सिँचाइ बाँध निर्माणसँगै धनगढी–६ जाइ जालीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिने वडाध्यक्ष भागीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार सो वडाका स्थानीय कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस्