Sunday, September 26

गुल्मीमा जीप दुर्घटना, ३ को मृत्यु

July 28, 2021 52

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना भएको छ ।
बुधबार मध्याह्न मुसीकोट नगरपालिका ४ स्थित दोभान भन्ने स्थानमा लु१ज ४५५९ नम्बरको जीप दुर्घटना भएको हो ।

दुर्घटनामा गरी घटनास्थलमै ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए । मृतकको सनाखत हुन कसेको छैन ।

जीप गुल्मीको शान्तिपुरबाट तम्घास आउँदै गरेको थियो ।
अहिले उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिञ्‍चाइमन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने बताएकी छन्।सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरी उनले गरिबीको रेखामुनि रहेका जनतालाई निःशुल्क विद्युत दिनुपर्छ भनेर आफूले गृहकार्य गरिसकेको जानकारीसमेत दिइन्। मन्त्री भुसालले गरिबीमा रहेका जनतालाई निःशुल्क विद्युत दिने अवधारणा अघि सारे पनि निर्णय भने भइनसकेको स्पष्ट पारिन्।‘यो मेरो निर्णय नभई अवधारणा हो।’ उनले भनिन्, ‘निर्णय गरेपछि यहाँहरुलाई फेरि बोलाउनेछु।’मन्त्री भुसालले विद्युत महसुल सस्तो बनाउने योजना पनि अघि सारेको सुनाइन्। आर्थिक क्षेत्रको विकासमा लाग्ने उद्योग, कलकारखाना, व्यवसायका लागि पनि विद्युत् महसुल सस्तो गरेर

जान उपयुक्त हुने उनको भनाइ थियो।मन्त्री भुसालले विद्युत् उत्पादन बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढने बताइन्। त्यसैगरी उनले ट्रान्समिसन लाइन निर्माणको काममा तीव्रता दिने पनि बताइन्। मन्त्री भुसालले कृषियोग्य सबै जमिनमा सिञ्‍चाइको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिन्। मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिका लागि कृषियोग्य जमिनमा सिञ्‍चाइको व्यवस्था गर्नुको विकल्प नरहेको पनि उनले बताइन्।मन्त्री भुसालले संविधानमा नै मौलिक हकको रुपमा रहेको शिक्षा, स्वास्थ्य, विद्युत्, खानेपानीलगायत आधारभूत वस्तुको सहज र सस्तो ढंगले जनतालाई उपलब्ध गराउन सरकारले जोड दिने सोच बनाएको स्पष्ट पारिन्।।

प्रतिकृया दिनुहोस्