Wednesday, June 16

काठमाडौंका यी स्थानमा धेरै को’रोना सं’क्रमित, भोलिदेखि टोल–टोलमा परीक्षण गरिदै

May 17, 2021 63

काठमाडौं । समुदायमा संक्रमणको अवस्था बुझ्न सरकारले उपत्यकाकाे टोल–टोलमा को’रोना परीक्षण गर्ने भएको छ ।ई’पिडिमियोलोजी तथा रो’ग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले स्थानिय निकायको सहकार्यमा काठमाडौं उपत्यकाका टोल–टोलमा पुगी भोलिदेखि को’रोना परीक्षण गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले ए’न्टीजेन मार्फत घ’नावस्ती तथा धेरै संक्रमित भएका टोलहरुमा स्वास्थ्यकर्मी पुगी दिनको १ हजार जनाको को’रोना परीक्षण गरिने बताउनुभयो ।उहाँका अनुसार काठमाडौं महानगरपालीकाकाे सहकार्यमा धेरै संक्रमित भएका असन, डिल्लीबजार न्यूरोग, वालुवाटार, कोटेश्वर तथा भक्तपुरको भक्तपुर दरबार स्क्वायर,

ललितपुरको पाटन दरबार स्क्वायर लगायतका स्थानमा महानगरपालीकाकाे सहकार्यमा ए’न्टीजेन परीक्षण गरिने छ ।स’मुदायमा संक्रमणको अवस्था वुझ्न स’मूह – स’मूहमा कोरोना परीक्षण गर्न लागेको उहाँले बताउनुभयाे ।काठमाडौं उपत्यकाकाे संक्रमणको अवस्था फाेटाेमा गाढ राताे धेरै संक्रमित, फिक्का राताे कम संक्रमित

यसैबीच काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७६ जना को’रोना सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ७६ जना सङ्क्रमितको मृ’त्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

को-भि’ड १९ सम्बन्धी दैनिक विवरणमा मन्त्रालयले उल्लेख गरे बमोजिम काठमाडौंमा चौबीस घण्टामा ४८, ललितपुरमा १४ र भक्तपुरमा १४ जना सङ्क्रमितले ज्यान गु’माएका छन् । काठमाडौंमा को’रोना सङ्क्रमणबाट हालसम्म ११८९, ललितपुरमा ३१८ र भक्तपुरमा २३४ जना सङ्क्रमितको ज्यान गएको छ ।

त्यस्तै नेपालमा आज फेरी को’रोना संक्रमित बढेका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ९२४७ जनामा को’रोना संक्रमण पुष्टि भएको छ ।पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो ।

आज थपिएका संक्रमितसँगै नेपालमा संक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० पुगेको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय १४ जनाको ज्यान गएको छ। यस्तै, थप ५ हजार ७ सय ६७ जना उपचार पछि को’रोनामुक्त भएका छन्।

नेपालमा संक्रमणमु’क्त भएको दर ७४ दशमलव ४ प्रतिशत छ ।अहिलेसम्म ३ लाख ४५ हजार ५ सय २३ जना सं’क्रमणमुक्त भएका छन् ।मन्त्रालयका अनुसार काठमाडौंमा २३४६, ललितपुमा ४५४ र भक्तपुरमा २९८ गरी गएको २४ घण्टामा उपत्यकामा ३ हजार ९८ जनामा संक्रमण भएको छ ।

प्रतिकृया दिनुहोस्