Saturday, July 2

काठमाडौंमा आजदेखि लगाइँदै कोरोनाविरुद्धको भेरोसेल खोप, कस-कसले पाउँछन् ?

July 29, 2021 235

काठमाडौं उपत्यका भित्र काेराेना विरुद्धकाे भरोसेल खोप कार्यक्रम आजबाट पुन सुचारु भएको छ।

बिहिबार देखि ५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।

यस्तै, अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ।

जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशी, वीर अस्पताल काठमाडौं, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु छन् ।

यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।

खोप लगाउन आवश्यक पर्ने नागरिकता लगायत परिचय खुल्ने प्रमाणपत्र सहित बिहान १० बजे देखि बेलुका ५ बजे सम्म तोकिएको स्थानमा आउन सकिने छ ।

प्रतिकृया दिनुहोस्