Monday, October 25

विजनेश पार्टनरलाई बचाउँदा बिनिता चौधरीले संसार छोडिन्, भोली पल्ट घर फर्कन तयार पारेको झोला कोठामै थियो

July 29, 2021 221

एजेन्सी । केहि मानिसहरु यो संसार छोडनु भन्दा पहिले अरु मानिसका लागि यस्तो काम गर्छन् कि तिनको निधन पछि पनि मानिसहरुले कहिल्यै भुल्न सक्दैनन् । भारत गाजियाबाद निवासी विनिता चौधरीले पनि यस्तै काम गरेकी छन् । उनी पर्यटन पवर्धनको काम गर्थिन ।

उनको एक जना ब्यवसायी पार्टनर थिए । विनीताले आफ्ना ब्यवसायीक पार्टनरको ज्यान बचाइन् तर आफुले भने संधैका लागि संसार छोडिन् । ब्रह्मागंगा नाली (मणिकर्ण, कुल्लू) मा बाढी आएको थियो। बाढी ब्रह्मगंगा हुँदै कसोल हाइड रिसोर्ट भनिने एक शिविर स्थल तिर पनि फैलियो । अचानक पानीको वहाव देखेर विनिता बिजनेस पार्टनर अर्जुन फरस्वाल लाई बचाउन दौडिइन् ।

उनले अर्जुनलाई बाढीवाट बचाउन पनि सफल भइन् । तर उनलाई भने बाढीले बगाएर लग्यो ।अर्जुन पानीको बाढीमा घाइते भए, तर अर्जुनलाई बचाउँदा पानीले विनितालाई लग्यो । विनिता चौधरी २० वर्षकी मात्र थिइन् । उनी विनोद डागरकी छोरी हुन् । निस्ताउली, टीला मोर नजिकै, लोनी रोड, गाजियाबादमा उनी प्रबन्धकको काम गर्दै आएकी थिइन् । उनी बुधबार दिल्ली जाँदै थिइन्।

उनी दिल्ली सिफ्ट हुने तयारीमा थिइन् । तर भाग्यले अर्कै मोड लियो । घाइते उनका साथी अर्जुनलाई कुल्लु अस्पताल लगिएको छ। उनी पनि बयान दिन सक्ने अवस्थामा छैनन् । उनी उत्तम तरिकाले पर्यटन सम्बन्धी कार्य गरिरहेकी थिइन्। यस सम्बन्धमा विनिता चौधरीका मामा सुभाष सिद्धूले भने कि दुर्घटना पछि परिवार गहिरो शोकमा छ।

प्रतिकृया दिनुहोस्