Wednesday, May 5

पिसाब रोकिएकी नानीलाई कसैले भर्ना नलिएपछि अस्पताल चाहार्दा-चाहार्दै मृत्यु

November 22, 2020 326

काठमाडौ । यो अध्यारो दिन हो । सबै नेपाली जागौ । मेडिकल माफिया बिरुद्व जागौ । कलिलै उमेरमा मेरी बहिनीले ज्यान गुमाउनु पर्यो । त्योपनि औषधी उपचार नपाएर । तिहारको मुखमा एक जना दाजुले बिलौना गर्नुभयो । तर दाजुका लागि तिहारको गहना चेली गुमिसकेकी थिएन् ।

आँखाभरी आँशु बनाएर उनले भने मेरी चेली त मैले गुमाए अझै यसरी कतिले ज्यान गुमाउने हुन् भन्न सकिन्न । हात जोड्दै भने मेरो अपिल सबैले सुनिदिनुहोस् । यो दु:खद घटना सबैमा पुग्नेगरी सेयर गरिदिनुहोला । ता की अस्पतालले कसरी

मानिसको मृत्यु् पर्खिरहेको छ भन्ने यो कहानीमा छ । तपाईहरु कोही कसैलाई केही समस्या भयो भने तत्कालै सचेत रहनुहोस् आवश्यक कदम चालिहाल्नुहोस् । नत्र अस्पतालले कोरोना रिपोर्ट भन्दा-भन्दै सेतो कपडा कतिबेला ओढाईदिने हुन् कुनै ठेगान छैन ।

प्रतिकृया दिनुहोस्