Monday, October 25

अझै ठिक भइनन् शोभा दर्जी, अस्पतालमा बाँ धे र उपचार हुँदै! किन भएन यी चार महिलालाई कारवाही?

July 30, 2021 276

मोरङमा शोभा दर्जीको मानसिक सन्तुलन गुम्ने गरि हात पात गर्ने चार जना तारेखमा छुटेका छन् । यी मध्ये तीनले जनही २५ हजार धरौटी बुझाएका थिए । ब्यापक दवावपछि घटनामा संलग्न विन्दा, बबिता, पुष्पा र निरमाया मगरलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको थियो । घटनामा शोभाका छिमेकीद्वयसहित बिन्दा मगर, बबिता मगर पनि संलग्न थिए । अदालतले पनि ३ जनालाई जनही २५ हजार धरौटी र एक जनालाई सादा तारेख रिहा गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी कृष्ण खड्काका अनुसार इप्रका पथरीमा ४ जनाविरुद्ध जाहेरी परेको थियो । उनीहरूविरुद्ध ३ गते शोभाका बुबा हर्कबहादुर दर्जीले जाहेरी दिएका थिए ।

मोरङकी २५ बर्षिया शोभा दर्जी एक महिना अघिसम्म अरु जस्तै राम्रै थिइन् । तर अचानक उनको मानसिक सन्तुलन हरायो । यस्तो हुनुको कारण भने गाउँलेहरु हुन् । उनीमाथि चोरीको आरोप लगाएर गाउँलेहरुले हात पात गरेका थिए । बे-होस भएकी शोभा होसमा त फर्किइन् तर आफ्नो मानसिक सन्तुलन भने ठीक रहेन ।

२५ वर्षीया शोभालाई वैशाख ३० गते चिसाङ बस्तीकै विन्दा, बबिता, पुष्पा र निरमाया मगरले हात पात गरेका थिए । उनीहरूको हात पात बाट शोभाको पूर्णरूपमा मानसिक सन्तुलन हराएको छ । त्यस समयमा शोभाको पेटमा २ महिनाको गर्भ पनि रहेको थियो । उनीहरू ४ जनाले हात पात गर्ने शोभा ढ ले की थिइन् ।

१ घण्टा जति बे-होस भएपछि पानी छ्या पे र होस आएको कानेपोखरी जनअधिकार मञ्चकी अध्यक्ष दुर्गा नेपालीले बताइन् । उनले पानी छ्यापेर होस आउँदा शोभाको मानसिक सन्तुलन गु मि सकेको बताइन् ।

लामो समय उपचार गर्दै जाँदा बिरामीको अवस्था थप गम्भीर बन्दै गएपछि हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो । शोभालाई जेठको अन्तिम सातादेखि बीपी प्रतिष्ठानको मानसिक रोग विभागको युनिट–३ मा उपचार भइरहेको छ । तर, उनको अवस्था जस्ताको तस्तै रहेको छ ।

प्रतिकृया दिनुहोस्