Monday, October 25

दुख’त खबर ! काठमाडौँको जरङ्गखुबाट काभ्रेस्थली जाँदै गरेको बस दुर्घटना

July 30, 2021 161

काठमाडौँ, १५ साउन । काठमाडौँको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थली-२ भेडीगोठमा बस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

आज बिहान जरङ्गखुदेखि काभ्रेस्थली जाँदै गरेको बा ४ ख ८२८६ नम्बरको बस अनियन्त्रित भई बाटोबाट ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि घाइते भएका बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ । उनीहरू सबैको अवस्था सामान्य रहेको बताईएको छ । घुम्टी बाटोमा गति अनियन्त्रित हुँदा बस दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस्तै बस दुर्घटना भएनजिकै विपरीत दिशाबाट आएको बाग्मती प्रदेश ०१९ प १०५१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टेको थियो ।

बाइक चालक प्रतीक कुँवरका अनुसार अगाडी तिब्र गतिमा आएको गाडीका कारण मोटरसाइकलले नियन्त्रण गुमाएको हो ।

यो पनि पढ्नुहोस् , भिषण वर्षा भएसँगै विदुर र बट्टार जोड्ने मैथली व्यारेकको विदुरपट्टी खोल्चा भासिएको छ । पहिरोसँगै मालपोत कार्यालयमा केही क्षति पुगेको छ । खोल्चा भासिएसँगै यातायात पुर्ण रुपमा ठप्प भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

यातायात ठप्प भएसँगै रसुवागढी नाकाबाट काठमाण्डौ हिँडेका मालवाहक सवारी साधनको लाइन लागेको छ । हाल बट्टार त्रिशुली सडकखण्ड पुरै अस्तव्यस्त बनेको छ ।

मोटरसाइकल समेत जान नसक्ने गरी भएको सडक कटान भए पछि एम्बुलेन्स जस्ता आपतकालिन सेवा सञ्चालनमा कठिनाइ भएको जल्लिा प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सडक १० मिटर भासिएको छ । उक्त सडक गत वर्षदेखि नै जोखिममा परेको स्थानीयले बताएका छन् । सडक डिभिजन र गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले माथिल्लो भाग मात्र कालोपत्र गरेर छाड्दा यस्तो अवस्था निम्तिएको उनीहरूको भनाइ छ ।

प्रतिकृया दिनुहोस्