Tuesday, October 26

पैसा राख्ने दराजमा राख्नुहोस् यो खास चिज, मिल्छ लक्ष्मीको कृपा, दोब्बरले बढ्छ आम्दानी

July 31, 2021 123

काठमाडौँ । हामी सबैसँग धेरै–थोरै धन हुन्छ नै। हामी सबै यहीँ चाहन्छौं कि हाम्रो धन दिनानुदिन बढीरहोस। जान्नुहोस् हाम्रो आफ्नो धन-सम्पदा, बहुमुल्य सामग्री र आभूषण कुन दिशामा कसरी राख्ने जसले गर्दा धन वृद्धि हुनेछ। यस्तो छ उपायः

पूर्व दिशा
यहाँ घरको सम्पत्ति र तिजोरी राख्नु निकै शुभ हुने गर्दछ। यसबाट उपलब्ध सामग्रीमा वृद्धि हुने गर्दछ।

पश्चिम दिशा
यहाँ धन-सम्पत्ति र आभूषण राखियो भने घरको मुखियालाई धन कमाउन निकै कठिनाई हुने गर्दछ।

उत्तर दिशा
पैसा अथवा आभूषण जुन दराजमा राखिन्छ त्यो दराजमा भवनको उत्तर दिशाको कोठामा दक्षिणको भित्तामा टासेर राख्नु पर्दछ। यस प्रकारले राख्नाले दराज उत्तर दिशा तर्फ खुल्नेछ। यस्तोमा राखिएको पैसा र आभूषणमा सधै वृद्धि हुने गर्दछ।

दक्षिण दिशा
यस दिशामा धन, सुन, चादीँ र आभूषण राख्नाले नोक्सान त हुदैन तर बढ़ोत्तरी पनि हुँदैन। भर्याङको मुनि दराज राख्नु शुभ मानिन्न। भर्याङको अथवा शौचालयको अगाडि दराज राख्न हुदैन। दराज भएको कोठामा फोहोर, माकुराको जालो हुनाले नकारात्मक ऊर्जा उत्पन्न हुने गर्दछ।

घरको दराजमा लक्ष्मीको तस्वीर अंकित चाँदीका सिक्का राख्नु निकै शुभ मानिन्छ । जसमा दुवै हात्ती सूंड उठाएका देख्न सकिन्छ। यस्तो तस्वीर अंकित चाँदीको सिक्का राख्दा सधैँ लक्ष्मी माताको कृपा प्राप्त हुने र धन सम्पत्तिमा वृद्धि हुने शास्त्रमा उल्लेख छ।

काठमाडौँ । तपाईले सुन्नु अनि देख्नु भएकै छ अक्सर महिलाको तुलनामा पुरुषहरु फर्ल्ट गर्न माहिर हुन्छन तर अब समय बदलिसक्यो महिलाहरु करियरमा अनि फर्ल्ट गर्न पनि पुरुषभन्दा माथि पुगिसके।

ज्योतिषशास्त्रका अनुसार यो राशी अथवा ग्रहको योगले हुने गर्छ। आज हामी यस लेख मार्फत तपाईलाई कुन राशी भएका महिलाहरु कसरी फर्ल्ट गर्छन भन्ने बारेमा बताउन जादैछौं आउनुहोस:

तुला: तुला राशिका महिलाहरु आफ्नो पर्फेक्ट अन्दाजाले अरुको मन जित्न सफल हुन्छन। अन्य राशिका महिलाको तुलनामा यिनीहरु बढी नै कन्फ़िडेन्ट हुन्छन जसले गर्दा पुरुषहरु यिनीहरु प्रति झट्ट आकर्षित हुन्छन।

मिथुन: मिथुन राशिका महिलाहरु जसलाई चाहन्छन उसलाई पाएरै छोड्ने अठोट राख्छन।

कर्कट: कर्कट राशिका महिलाहरु फर्ल्ट गर्न निकै सिपालु हुन्छन। जसले उनीहरुका पार्टनरलाई पनि फिदा बनाउछ।

सिंह: सिंह राशिका महिलाहरु डोमिनेटिंग स्वभावका हुन्छन। जसले पुरुषहरु उनीहरुको पिछा गर्न मजबुर हुन्छन।

मीन : मीन राशिका महिलाहरु निकै नै भावुक स्वभावका हुन्छन। यिनीहरु कसैको कुरालाईमा छिट्टै विश्व गर्दैनन

प्रतिकृया दिनुहोस्