Monday, June 27

राजतन्त्र फर्काउने उद्घोष गर्दै नयाँ दल घोषणा, ज्ञानेन्द्रकाे नातिलाई राज्यप्रमुख बनाइने

August 1, 2021 203

काठमाडौं । मुलुकमा रा’जतन्त्र फर्काउने उद्घोष गर्दै आज पोखरा’बाट एउटा नयाँ राजनीतिक दलको घोष’णा भएको छ ।

नाराय’णप्रसाद कोइरालाको नेतृत्वमा शिक्षा र सुरक्षामा जोड दिँदै गठन गरिएको दल ‘नेपाल प्रतिविम्ब पार्टी’ घोषणा गर्दै सो पार्टीले पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयन्द्र शा’हलाई आलंकारिक राज्यप्रमुख बनाउने उद्घोष समे’त गरेको छ ।

विशेष गरी प्रतिविम्ब पा’र्टीले संवैधानिक राजत’न्त्रका विषयमा जनमत संग्रह गरी हृदयेन्द्र शा’हलाई आलांकारिक राज्य प्रमुख बनाउने उद्घोष गरेको हो । य’सबाहेक देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने एजेण्डा पनि सो पा’र्टीको छ ।

यो पनि पढ्नुहोस्,,

नेकपा एमालेको विघटित एकता कार्य दलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन् ।

नेकपा एमाले संसदीय दलको कार्यालय सिंहद’रबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरुले पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै पार्टी एकता’लाई छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।

‘पार्टी एकतालाई जोगाउनुपर्छ र छोटो अवधिमै यसलाई टुंग्याएर जानुपर्छ’ बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै सचिव गोकर्ण विष्टले भने, ‘अब ढिला गर्नुको अ’र्थ पार्टीमा एक पछि अर्को क्षति पुग्छ भन्ने निष्कर्षमा पुगियो ।’ उनले १० बुँदे सहमति र दुई अध्यक्षको प्रसंग चलिरहेको उल्ले’ख गर्दै त्यसैलाई आधार बनाएर पार्टी एकताको प्रयत्नमा केन्द्रित हुने पनि बताए ।

नेता रघुजी पन्तले आज अपरान्ह बोलाइएको स्थायी स’मिति बैठकमा सहभागी हुनेबारे छलफल नभएको बताए । ‘हाम्रो सम्पूर्ण छलफल पार्टी एकताको विषयमा मात्रै ‘केन्द्रि’त भयो’ उनले भने ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनि’बार अपरान्ह पार्टीको स्थायी समिति बैठक बोलाएका छन् । त्यसमा माधव नेपाल पक्ष सहभागी हुने, नहुनेबारे मौन देखि’एको छ ।

नेपाल पक्षले पार्टी भित्र दुई अध्यक्षको व्यवस्था हुनु’पर्ने प्र’स्ताव बाहिर ल्याएको छ भने अध्यक्ष ओली पक्षले विघटित पार्टी एकता का’र्य दलले सहमति जुटाएको १० बुँदे सह’मतिलाई मुख्य आधार बनाएर पार्टी एकता छिटो टुंग्याउनुपर्ने अडान राख्दैै आएको छ ।

प्रतिकृया दिनुहोस्