Thursday, July 7

सिन्धुपाल्चोकमा फेरि पहिलेकै जस्तो ठूलो बाढी : घर ,भवन र पुल बगायो

August 1, 2021 260

सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको मेलम्चीमा शनिबारराति फेरि बाढी आएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको बताए।

तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले बताए।

बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ। रातो पुलको माथिबाट पानी बगेको उनले बताए।

हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको डिएसपी सापकोटाले बताए। चनौटे बजारको बीच भागबाटै पानी बगेको छ।

यसअघि असार १ गते आएको बाढीले पनि हेलम्बु र मेलम्ची लगायतमा ठूलो क्षति पुर्याएको थियो।

आज बिहान रातो पुल बगेसँगै मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँच पोखरी थाङपाल गाउँपालिकाको सडक सञ्जाल विच्छेद भएको छ ।

त्यस्तै बाढीले ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल समेत बगाएको छ । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले​ नाकोते खोलामा बाढी आएकाले मेलम्ची खोला तटीय क्षेत्रका बासिन्दालाई रातिदेखि नै सतर्क हुन अनुरोध गरिएकाे बताउनु भएकाे छ ।

प्रतिकृया दिनुहोस्