Wednesday, June 16

धुर्मुस सुन्तली द्वारा ५० थान अक्सिजन सिलिण्डर सहयोग

May 18, 2021 123

महा भुकम्पका बेला गरीबका आशा बनेर आएका धुर्मुश सुन्तली अहिले कोरोनाको महामारीको बेला कता गए होलान् भन्ने तपाई लाई लाग्न सक्छ ।

उनीहरु रंगशालामा केन्द्ति त छदै छन् त्यसको अलवा नेपालमा कोरोना संक्रमितले अक्सिजन नपाएर छटपटिरहेका बेला धुर्मुस सुन्तलि फाउन्डेशनले ठुलो सहयोग गरेको छ ।

फाउन्डेशनले विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० थान अक्सिजन सिलिन्डर भरेर सहयोग गरेको हो ।

फाउन्डेशनको हेल्प कक्षको टोलिले अस्पतालमा सञ्चालित १४० शैयाको कोभिड अस्पताललाई ५० थान सिलिन्डरमा अक्सिजन भरेर अस्पताललाई हस्तानतरण गरेका हुन्।

साथै फाउण्डेशनले यो बेला सकेको जति सबैले आ आफ्नो ठाउँ बाट सहयोग गर्नुपर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस्