
फेरी समीक्षा अधिकारीले तक्दिरमा नभए पनि दिल बसेको कुरा गरिन सार्बजनिक (भिडियो सहित )
Posted in भिडियो
काठमाडौं ।
लामो समय व्यक्तिगत समस्यामा झेलिएकी गायिका समीक्षा अधिकारीको पछिल्लो गीत “कदमैको छायाँ” मार्फत बजारमा उनी देखा परेकी हुन् । समीक्षा र हिमाल घलेको स्वर रहेको गीत “कदमैको छायाँ” धादिङ गोरखा तिरको मौलिक लोकशैलीलाई समेटर तयार गरिएको छ ।
आफ्नै गाउँको सेरोफेरो, ग्रामीण परिवेशसँगै जोडिएको मायाप्रेमपूर्ण गीतमा लोकप्रिय सर्जक रमेश बिजीको शब्द सृजना रहेको छ । तक्दिरमा नभए पनि दिल बसेको कुरालाई गीतमा समावेश गरिएको छ । गीतको एरेञ्ज भने सागर विरहीले गरेका हुन् । गीतको कोरस गायनमा भिमु गुरुङ, सागर विरही, विन्दा परियारले साथ दिएका छन् ।
उनको कर्णप्रिय स्वरमा मौलिकता झल्काउने गीतहरु बजारमा धेरै छन् । पछिल्लो समय संगीत सिर्जनामा तयार भएको गीत ‘कदमैको छायाँ’ बजारमा आएको छ ।
उक्त गीतको भिडियोमा लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीतको सम्पादन विष्णु